नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुर्पछ: अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्नेमा जोड दिएका छन् । सोमबार महोत्तरीको वर्दिवास नगरापालिका खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, वर्तमान २१ औ शताब्दीमा विश्वका शैक्षिक स्तरसँग नेपालको शिक्षास्तरलाई तुलानात्मक रुपमा अगाडि बढाउनुपर्छ । यहाँका शिक्षालयमा विश्वस्तरमा प्रतिस्पर्धा गरिने किसिमको प्राविधिक शिक्षा प्रदान गर्नु अत्यन्त आवश्यक छ । नेपालका विद्यार्थीहरु पनि शिक्षासँग सीप र आर्थिक विकासको पाटो सहितको शिक्षा हाँसिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम भूमिका रहेको छ ।’

त्यसैगरी, निर्मल लामा बहु प्राविधिक शिक्षालय मधेश प्रदेशमा मात्र सीमित नभई यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्