पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई रोक्ने सुरक्षा गार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने भएको छ । गरुड सेक्युरिटिजका गुरुङ ठमेलमा रहेको छाया सेन्टरस्थित भीएफएसको सुरक्षा गार्डमा कार्यरत थिए ।

मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा पुगेका थिए । त्यहाँ रहेका गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेपछि भनाभन भएको स्रोतले जानकारी दिएको छ । त्यसपछि मन्त्रीका सुरक्षा गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।

पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ ।
यता मन्त्री श्रेष्ठले भने सेक्युरिटि गार्डको व्यवहार नै रुखो र मन्त्री भन्ने जानेपछि दुर्व्यवहारको प्रयास गरेको बताएका छन् । उनले सोमबार बिहान पनि सामाजिक सञ्जालमार्फत् मन्त्री र नेता नै खराब हुन् भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array