आजको मौसम: बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: