महानगरपालिले कर नतिरेका ७ क्यासिनोलाई ७ दिन भित्र तिर्न अल्टिमेटम दियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । अवैध संरचना भत्काउने अभियानपछि उनले कर नदिर्नेहरुबाट कर उठाउने अभियान चलाएका छन् । यस भन्दा अघि काठमाडौं फनपार्कलाई पत्र काटेपछि कर महानगरपालिकालाई बुझाएको थियो । महानगरभित्र सुधारको प्रयास गर्दै आएका ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र पठाएका छन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् ।
मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरेको भएपनि आर्थिक् वर्ष ०७५/०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरेर पत्र काटेको महानगरपालिकाले जानकारी दिएको छ । अन्यथा नियमबमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Array