राजेन्द्र लिङ्देनद्वारा प्रतिनिधि सभा सदस्यबाट राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। निर्वाचन घोषणा भइसेको समयमा सांसदमा रहेर प्रतिनिधिसभामा उपस्थित हुन नैतिकताले नदिएको भन्दै राजीनामा दिएका हुन्।

‘म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन,’ सांसद लिङ्देनले भने। आगामी निर्वाचनबाट बलियो पार्टीको रुपमा उपस्थित हुने प्रयास गर्ने बताउँदै उनले प्रतिनिधिसभाबाट बिदा भएका हुन्। उनले आजको मितिबाट नै आफ्नो नाममा आउने तलब तथा भत्ता समेत रोक गर्ने उनले सभामुख समक्ष आग्रह गरेका थिए।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array