झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ७ करोडमा सीमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेप्से परिसूचकमा आज सामान्य सुधार आएको छ। आइतबार सेयर बजारमा नेप्से परिसूचक ६.६८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.४४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ। नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ ।

नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array