प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुनेगरी कानुन संशोधन गर्न विवादास्पद विधेयक  दर्ता

प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेगरी कानुन संशोधन गर्ने विवादास्पद विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेगरी कानुन संशोधन गर्ने विवादास्पद विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको केही नेपाल ऐन संशोधनमार्फत् प्रतिनिधि सभा निर्वाचनसम्बन्धी कानुनमा गरेको संशोधन प्रस्ताव पारित भएमा प्रतिनिधिसभा अविछिन्न स्वरूपको हुने भएको छ ।

विधेयकले प्रतिनिधि सभाको नयाँ निर्वाचन भएको अवस्थामा भने नयाँ निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बसेको दिनबाट प्रतिनिधि सभाको कार्यकाल स्वत: समाप्त हुने व्यवस्था गरेको छ।

प्रतिनिधि सभाको कार्यकाल कहिले सुरू हुन्छ र कहिले अन्त्य हुन्छ भन्नेमा स्पष्ट थिएन । संविधानको धारा ८५ मा प्रतिनिधि सभाको कार्यकालअगावै विघटन भएमा बाहेक पाँच वर्ष हुनेमात्र उल्लेख गरिएकोछ। तर त्यस्तो पाँच वर्षको गणना कहिले सुरू हुने भन्ने विषयमा संविधान र कानूनमा स्पष्ट व्यवस्था गरिएको थिएन ।

शाधारणतय निर्वाचन घोषणा भएपछि प्रतिनिधि सभाको म्याद स्वत: समाप्त हुने चलन थियो । सरकारले यो चलन विपरित अविछिन्न प्रतिनिधिसभाको उद्धेश्यराखि विधेयक दर्ता गरेको छ । जनस्तरमा यसको बिरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array