म प्रतिको विश्वास र समर्थनलाई निराश बन्न दिने छैन: मेयर बालेन साह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफू ५ वर्षको योजनामा रहेको बताउदै, आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन । मेयर साहले पद सम्हालेको १०० दिन पुरा भएको अवसरमा आज बिहान आफ्नो फेसबुक पेजमार्फत यस्तो बताएका हुन । उनले १०० दिनको दौडमा नभई आफुसँग ५ वर्षको योजना रहेकोले आफूप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।

१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मूल्यांकन गर्नेभन्दा आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने बताए । मेयर साहले कार्यक्षेत्रमा आफ्नो कर्तब्य र अधिकारले दिएको काम गर्दा त्यसको नतिजा मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भएमा मात्र आफनो कामले नतिजा दिएको प्रमाणित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्