सक्रिय राजनीतिमा आउन राजीनामा दिएको हुँ: मधेस प्रदेशका मुख्यन्याधिवक्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई भेटेर पदबाट राजीनामा दिएका छन् । झाले जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेर सक्रिय राजनीतिमा सहभागी हुन पदबाट राजीमा दिएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि टिकट दिने आश्वासन दिएपश्चात पदबाट राजीनामा दिएको उनले बताए । अहिले उक्त क्षेत्रका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित सासद हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array