नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौेँ – नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागी बुक्क्लोज गर्ने भएसङगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

शेयरबजार बन्द हुनुभन्दा अघि कायम ६९५ रुपैयाँका आधारमा नेप्सेले ५ प्रतिशत बोनश शेयर वितरण पछिको शेयरमूल्य ६६१ रुपैयाँ ९० पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै आइतबार कम्पनीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array