उदयपुरको बेलकामा एकै परिवारका तीन जनाको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएकाे छ । प्रहरीका अनुसार बेलका नगरपालिका–७, मैनामैनी, उदयपुरका राजकुमार बस्नेत उनकी श्रीमती र छोराको खुकुरी प्रहार गरी हत्या भएको हो।

हत्यामा संलग्न भएको आशंकामा नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।  प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: