आज नेप्से १.६७ अंकले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सातको अन्तिम दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array