नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७) गते अन्तिम दिन रहेको छ ।कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते आइतबार बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न यहि भदौ ३१ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका अलावा आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षकमा टि.आर उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्यव, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारढा गर्ने, संचालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array