लौरो अभियानद्वारा प्रतिनिधिसभाका नौँ उम्मेदवार सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौँ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरू सार्वजनिक गरिएको हो ।

जसअनुसार काठमाडौँ-५ मा मधुसूदन पाठक ‘सिते बा’, काठमाडौँ-८ मा सुमन सायमी र काठमाडौँ-९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर-२ मा दरोस्तभ लोकेन्द्र, कास्की-२ मा शिरीष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही-५ मा भीष्म राना र उदयपुरमा गजेन्द्र महतलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: