मिटरब्याजी विरुद्व आज दिउसो २ बजे किसान–मजदुर मार्च

संघर्षरत पिडितले अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको मागसहित माइतीघरदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म ‘किसान–मजदुर मार्च’ गर्ने घोषणा गरेका हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

सुदखोर मिटरब्याजी विरुद्व आज दिउसो २ बजे किसान–मजदुर मार्च हुने भएको छ । संघर्षरत पिडितले अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको मागसहित माइतीघरदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म ‘किसान–मजदुर मार्च’ गर्ने घोषणा गरेका हुन् । विभिन्न जिल्लाका मिटरव्याज पिडित  काठमाडौं आएर सडक संघर्ष गरिरहेका छन् ।

संघर्षरत पीडितहरूले मार्चमा सहभागी हुन र न्यायका लागि साथ दिन सबैमा आह्वान गरेका छन् ।

मिटरब्याजी सुदखोरविरुद्व सडक संघर्ष गरिरहेका किसान र मजदुरहरूको आन्दोलन र ‘किसान–मजदुर मार्च’मा  बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । नागरिक आन्दोलनको नाममा प्रकाशित विज्ञप्तिमा किसान र मजदुरहरूको लामो, अन्यायपूर्ण र कठिन यात्रामा ऐक्यबद्धताका लागि सबै न्यायप्रेमीहरूलाई मार्चमा सहभागी हुन र संघर्षलाई समर्थन गर्न आव्ह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array