एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ  – बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा हिजो सम्पन्न भएको छ । नेपाली बीमा अभिकर्ताहरु नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका हुन । अष्ट्रेलियाको सिड्नीस्थित इन्टरनेशनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने सम्मेलन बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धि, नेतृत्व विकास र बीमा क्षेत्रका समसामयिक समस्याहरुमाथि छलफल गर्दै सकिएको छ ।

एमडिआरटी ग्लोबल कन्फरेन्समा चौथो सेसनको रुपमा कनेक्सन जोन रहेको थियो । उक्त सत्रमा बीमा अभिकर्ताहरुको दैनिकीमा कसरी सुधार ल्याउने, सफल बीमा अभिकर्ता हुनको लागि गर्नुपर्ने आईडियाहरु तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । उक्त सेसन अन्तर्गत आपसी सद्भावको विकास, सहकार्य तथा बीमा अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय रुपमा कनेक्सन गर्न मद्दत पुग्ने कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपालबाट सहभागी करिब दुई दर्जन सहभागीहरुले एमडिआरटीका अध्यक्ष रेण्डी स्कीचफिल्डसँग भेटवार्ता गरेका छन् । युनियन लाइफमा बीमा रत्न भइसकेका नेपालगन्जका निरज भट्टका अनुसार नेपाली बीमा अभिकर्ताहरुले एमडिआरटी फोरममा दिल खोलेर छलफल गरेको प्रतिक्रिया दिएका छन् । एमडिआरटीका अध्यक्षसहितका पदाधिकारीहरुसँग कार्यक्रममा सहभागी अभिकर्ताहरुले आफूलाई लागेका जिज्ञाशा सोधेका थिए ।

एमडिआरटी सम्मेलनमा रिलायन्स लाइफकी बीमा अभिकर्ता नमिता न्यौपाने, युनियन लाइफका निरज कुमार भट्ट, रेशम गौतम, बिमल ढकाल, अम्बिका गौतमलगायतका बीमा अभिकर्ताहरु सहभागी छन् । त्यस्तै, आइएमई लाइफकी लक्ष्मी डिसी लगायतका बीमा अभिकर्ताहरु सहभागी भएका थिए ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै युनियन लाइफका निरज कुमार भट्टले नेपालको बीमा क्षेत्रबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष रेण्डी स्कीचफिल्डले नेपालको अवस्थाबारे जानकारी लिँदै छिट्टै केही गर्ने आश्वासन दिएको सिड्नीबाट निरज कुमार भट्टले जानकारी दिए ।

यस वर्षको एमडिआरटीको अस्ट्रेलिया ग्लोबल कन्फरेन्सको एआईए इन्स्योरेन्स, मेनु लाइफले प्रिमियर स्पोन्सर गरेको छ भने मेट लाइफले प्रेष्टिज स्पोन्सर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: