राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष “प्रचण्ड”वीच भेट

शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयकको राजनीतिकरण हुनु दुखद रहेको बताए । प्रचण्डले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादी केन्द्रको चासोमा अन्तर नरहेको बताएका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa
/fi6«klt / k|wfgdGqL e]6jftf{ /fi6«klt ljBfb]jL e08f/L / k|wfgdGqL k'iksdn bfxfn /fi6«klt sfof{no zLtn lgjf;df laxLaf/ e]6jftf{ ug'{x'Fb} . tl:a/ M /fi6«klt sfof{no, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको टोलीवीच भेट भएको छ । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयकको राजनीतिकरण हुनु दुखद रहेको बताए । प्रचण्डले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादी केन्द्रको चासोमा अन्तर नरहेको बताएका थिए ।

प्रचण्डले नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न नसकेको कारण विधेयकमा नयाँ व्यवस्था नगरिएको, तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको र यो विधेयक केपी ओली सरकारले पेस गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्