चुनावका लागि प्रहरीले जीटुजीमार्फत १ सय ८० गाडी खरिद गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रहरीले गाडी खरिदमा जीटुजीमार्फत खरिद गर्ने गरी प्रस्ताव तयार पारिरहेको छ।  मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्न सरकारले बजेट र अनुमति दिएपछि चाँडोभन्दा चाँडो गाडी ल्याउनु पर्ने भएकाले जीटुजीमार्फत खरिद प्रकृयाको प्रस्ताव तयार पारेको हो।

सो प्रस्ताव प्रहरी महानिरीक्षक धिरज प्रतापसिंह अमेरिकाबाट फर्केपछि गृहमन्त्रालयमा पठाउने भएको छ। गाडी खरिद प्रकृया  चाँडो गर्नुपर्ने भएकाले जीटुजीमार्फत खरिद गर्ने कुरा भएको प्रहरीले बताएका छन।

प्रहरीले चुनावका लागि ७ सय नयाँ गाडी आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयलाई पठाएको थियो। अर्थ मन्त्रालयले प्रहरीलाई चुनावका लागि गाडी खरिद गर्न ७५ करोड रुपैयाँ स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array