प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाउने; निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रकाशित निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । साथै, निर्वाचन प्रचार गर्न जादा आफ्नो निवार्चन क्षेत्रमा पनि सरकारी स्रोत साधन प्रयोग गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।त्यस्तै मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने भएका हुन् । आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । उक्ता आचारसहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।

यदि निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउनेछन् । यस भन्दा अघि प्रधानमन्त्रि तथा मन्त्रि देशभरी चुनावको प्रचारमा दौडिन्थे र त्यो पनि सरकारी स्रोत साधानमा प्रचार गरेर हिड्ने गरेका थिए ।
केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले वार्षिक बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेकका अरु कार्यक्रम घोषणा गर्न र बजेट छुट्याउन समेत पाउने छैनन् । चुनावी प्रचारको दौडान कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पाउने छैनन् भने त्यसका लागि अनुदान दिन पनि पाउने छैनन् । त्यस्तै केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि नपाउने उल्लेख गरिएको छ । त्यस्तै अनुमति नलिई विदेश भ्रमणमा पनि जान पाउने छैनन् ।

NaRaVaCaNa-aaCaRaSaH

 

aTa-_compressed

निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)

https://drive.google.com/file/d/17cXdxaL69Lay78UBPwYAg1190tJoyNEd/view

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: