निर्वाचनअघि प्रहरीले राजीनामा दिन नपाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आगामी मसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न नभएसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का कर्मचारीले राजीनामामा दिन नपाउने भएका छन् । चनावी सुरक्षाको कार्ययोजना निर्माणका क्रममा वा निर्माणपछि कसैले राजीनामा दिँदा जनशक्ति व्यवस्थापनमा समस्या हुने भन्दै आगामी मंसिर ४ अघि दुवै सुरक्षा निकायले स्वैच्छिक राजीनामा दिन रोक लगाएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राइले चुनावअघि जनशक्ति बाहिरिँदा चुनावी सुरक्षामा असर पुग्ने सक्ने भएका चुनावअघिसम्म कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्न देशभरका युनिटमा निर्देशन दिइएको बताए ।

प्रहरी र सशस्त्रका खासगरी तल्लो तहका कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाशमा जाने क्रम बढ्दो छ । हाल नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्रमा करिब ३७ हजार जनशक्ति रहेकामा प्रहरीका करिब ६२ हजार र सशस्त्रका करिब ३२ हजार जनालाई चुनावमा खटाउन सकिने दुवै सुरक्षा निकायको प्रारम्भिक खाका छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: