कैलालीको मोहना नदीले खतराको सतह नाघ्यो; रुकुम पश्चिममा पहिरोले पुरिंदा २ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

कैलाली– आइतबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह समते गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर नाघिसकेको कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको बताएका छन । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन विभागले भनेको छ ।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ भने अर्की छोरी भने घाइते भएकी छन् । ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array