मौसम बदली, पश्चिम नेपालका केही जिल्लामा भारी वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको पूर्वानुमान महाशाखाले बताएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मोहना मालाखेतीमा जलसतह सतर्कता तह पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरूमा आकस्मिक बाढी आउनुको साथै होचा ठाँउमा डुबान हुनसक्ने भएकाले बिहान ८ बजेसम्म सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवासलगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्यूठानको केही स्थानमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप हुनसक्ने महाशाखाको भनाइ छ । बबईका सहायक नदीलगायत कान्द्रा, मोहना, रंधुन,चौधरनदीमा आकस्मिक बहाव हुनसक्ने र तटीय क्षेत्रमा ९ बजेसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: