मेयर बालेन शाहको प्रस्ताव: ३२ वटा वडामा डाक्टर र नर्स राख्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले ३२ वटा वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्। आइतबारको नगर कार्यपालिका बैठकमा मेयर शाहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन्।

त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ। महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो। सडक फुटपाथमा नगर प्रहरी खटाए बापत यस अघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो । महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array