भिजिट भिसा प्रकरण: मानव बेचविखन अनुसन्धान ब्युरोकोे अनुसन्धान सुरु

बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गरेको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा  खाडी मुलुक जानेक्रममा रहेकालाई प्रहरीले एयरपोर्ट बाट फर्काएको छ । यसरी  फर्काइएको घटनाको दुई अनुसन्धान निकायले छुट्टाछुट्टै अनुसन्धान गर्ने भएका छन् । यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गर्न लागेको हो ।
बुधबार र बिहीबार मध्यरातमा विभिन्न उडानमार्फत भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ९२ महिला र ८४ जना पुरुषलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले फिर्ता गरेको थियो ।
भिजिट भिसाको आवरणमा हुन सक्ने मानव तस्करी रोक्न प्रहरीले विमानस्थलबाट फर्काइएको घटनाबारे अनुसन्धान गर्न लागेको नेपाल प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सीआईबी, मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array