मतदाता नामावलीमा गल्ति भए सच्याउन निर्वाचन आयोगको अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa
निर्वाचन आयोग

काठमाडौं– मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन अन्तर्गत केहि सच्चउनु पर्ने भएमा भदौ १३ देखि १५ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । साथै आज भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्नको लागि सच्चाउनु समय दिएको हो ।
यसै गरी मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि भदौ १३ देखि १६ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array