सिट बाँडफाँटमा कुनै समस्या नरहेको अध्यक्ष प्रचण्डको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनमा कुनै अप्ठेरी नरहेको दाबी गरेका छन् । कार्यदललाई सिट बाँडफाँट गर्न सकस परिरहेका बेला शुक्रबार विराटनगर विमानस्थल पुगेका प्रचण्डले पत्रकारसँग बाहिर चर्चा भएजस्तो समस्या नभएको बताएका हुन् ।

आगामी निर्वाचनका लागि भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दाबी उनको छ । ‘हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ।’ उनले भने।

विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

Array