नक्सा विपरीतका संरचना हटाउन शंखमूल र बानेश्वरमा डोजर चलाउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
महानगरपालिकाले अबैध संरचना हटाउन सुरु गरेको अभियान अन्तर्गत अब काठमाडौंको शंखमूल र बानेश्वरमा भत्काउने तयारी भैरहेको छ ।अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहितको टोली शंखमूल र बानेश्वरमामा निरक्षण गरिरहेको छ ।
मेयर बालेन सहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेका छन् । अवलोकनका क्रममा मेयरसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका थिए ।
बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी भाडामा दिनेको पनि अवलोकन गरेका थिए । यस भन्दा अघि महानगरपालिकाले अवैध संरचना भत्काइसकेको छ ।
महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास भएका व्यापारिक भवनको संरचना भत्काइसकेको छ । नक्सामा अन्डरग्राउण्ड पार्किङ भएपनि त्यहाँ पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायतका क्षेत्रमा बनेका व्यापारिक भवनका पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको हो ।
काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । सूचना जारी भएको म्याद सकिएपछि नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर सहितको टोली गएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array