फोहोरबाट मोहर कमाउने फोहर माफिया अनि चोट सहनुपर्ने ल्यान्फिल्ड साइटका बासिन्दाले ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
4 Min Read
Aa

काठमाडौं– पछिल्लो समय काठमाडौंको फोहोरको समस्या स्थानीय निवार्चन भन्दा अघि देखि देखिएको हो । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्नको लागि स्थानीय र सम्बन्धि पक्षबिच हिजो ४ बुद्धे सहमति भएपछि पुनः फोहोर फ्याक्न  सुरु भएको छ । साथै आजदेखि काठमाडौं महानगरपालिकाले  टेकु साइडबाट समान्तर रक व्यवसाय र ट्रक व्यवसायलाई फोहोर संकलनको जिम्मा दिएको छ । समान्तरले ३२ वटा ट्रक राख्ने छ भने ट्रक व्यवसायीले १८ ओटा ट्रकबाट फोहोर उठाउने छ  । ट्रक व्यवसायीलाई भने महानागरले डिजेल सहयोग गर्ने महानगरपालिकाका प्रवक्त नविन मान्धरले बताए । ‘आजबाट फोहोर संकलन गर्न सुरु भएको छ, अब सबै ठाउँबाट फोहोर सजिलै उठ्छ,’ उनले भने ।

फोहोर संकलन गर्ने केहि कम्पनी र सम्बन्धित व्यक्ति को हो भन्नेसम्मको विवरण महानगरसँग भए पनि बाहिरा थाहा नभएको महानगरपालिका बताउँछ । महानगरको विवरणमा या जानकारीमा भएकाहरु सँग पनि सम्झौता गरेको छैन । फोहोर उठाउने कम्पनीहरुले स्वीकृति नै नलिई मनलाग्दी शुल्क तोक्ने कम्पनीलाई नियन्त्रण भने गर्न सकेको छैन ।

 महानगरपालिकालाई मात्र नभएर काठमाडौं उपत्यकाको फोहोर कसले उठाउछ, सर्बसाधारणबाट कति पैसा लिएर उठाउँछ र कहाँ ब्यवस्थापन गर्छ भन्ने जस्ता आधारभूत जानकारी कुनै पनि निकायसँग छैन वा जानकारी दिन चाहँदैनन् ।महानगरक्षेत्र भित्र फोहोर संकलन गरेबापत महानगरलाई कर तिर्नुको साटो बरु उल्टै फोहोर संकलन गरेवापत महानगर सँग सहयोग लिने गरेको प्रवक्त मानन्धर बताउँछन् ।

गोरक्षपोस्ट लाई प्राप्त जानकारी अनुसार एनजीओ र कम्पनी गरी ३९ वटा संस्थाले महानगरको विभिन्न क्षेत्रमा फोहोर संकलन गरिरहेका छन् । उनीहरुले संकलकले सर्वसाधारणबाट पैसा उठाउने गरेका छन् । यसरि घर घर गएर फोहर संकलन गर्ने निजि, सामुदायिक र एनजी ओले प्रति घर न्युनतम ५०० रुपैया संकलन गर्ने गरेका छन् ।  यो रकम बार्षिक अरवौ हुने स्वयम् महानगरका कर्मचारी वताउछन् । फोहर बाट मोहर कमाउने फोहर माफिया अनि चोट सहनुपर्ने ल्यान्फिल्ड साइटका बासिन्दाले  ? अहिले ति ल्यान्डफिल साइटले प्रभावित भएका क्षेत्र जाने हो भने काठमाण्डौको फोहोर बिसर्जनको नाममा त्यहाँ भएको आततायी आतंक महसुस गर्न सकिन्छ ।  अहिले ति ल्यान्डफिल साइटमा  प्रभावित भएका क्षेत्रमा मानव बस्ती बस्नु निकै जोमिमपुर्ण रहेको छ । प्रदुषण र दुर्गन्धले भरिएको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । त्यसकारण काठमाडौं महानगर भित्रको फोहोर मैला ब्यवस्थापनको जिम्मा पनि काठमाडौं महानगरकै हो । काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन विभागले दिएको जानकारी अनुसार महानगरले सडक किनारमा थुपारिएको र केही पुराना  (असन, इन्द्रचोक जस्ता अत्याधिक बाक्लो बस्ती भएका केही क्षेत्रको) वस्तीको मात्रै फोहोर संकलन गर्छ । बाकी फोहर केही निजी कम्पनी र गैरसरकारी संस्थाले गर्ने गरेको छ  । महानगर भने ठूला होटलको फोहरमात्र उठाउछ । जवकी फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा ठूला होटल, रेष्टुरेण्ट र उद्योग कलकारखानाबाट निस्केको फोहोर उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

सिसडोलमा महानगरका भन्दा धेरै गाडी निजी क्षेत्र र एनजीओका हुन्छन् । महानगरले दैनिक ७ सय टन फाहोर संकलन गर्छ । तर सिसडोलमा भने ३ हजार टन भन्दा धेरे फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साईटका कर्मचारी सरकारदिप श्रेष्ठले बताए ।
स्थानीय तहको अनुमति बेगर कसैले पनि फोहोर मैला व्यवस्थापनको काम गर्न नपाउने उल्लेख भएपनि अहिले घरघरमा गएर फोहोर संकलन गर्न आउने कुनै पनि फोहोर संकलकले महानगरबाट अनुमति लिएका छैनन् । यस विषयमा काठमाडौं उपत्यका कुनै पनि सरकारी निकायले चासो देखाउदैनन ।

प्रतिक्रिया दिनुहोस्

Array