नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन एमालेको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा नपठाए राष्ट्रपति संस्थामाथि शंका गरेको ठहरिने बताएको छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेको हो ।
समितिमा लगेर छलफल गरेपछि बहुमत र अल्पमतले निर्णय गर्न मिल्ने भएकाले कम्तिमा छलफल हुनु पर्ने एमालेको अडान छ । सदनमा छलफल गरेको भने पनि बोल्न दिने र केही नचलाई पास गर्ने कुराले अर्थ नरहने पनि एमालेको जिकिर छ । संसद सचिवालयले आजै विधेयक पारित गर्ने विषय कार्यसूचीमा गइसकेको संसद बैठक पनि सुरु भैसकेको छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयकजस्ताको तस्तै पारित गर्न लागिएको हो । संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array