कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै छौ; अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको विचारलाई सफल बनाउनका निम्ति वाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताए।

- Advertisement -
Ad image

राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ । ‘चाहे हँसिया हतौडामा चुनावमा लड्ने निर्णय होस् वा चाहे पार्टी एकताका निम्ति संयोजन समिति बनाउने निर्णय होस् यसले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भने।

माओवादी केन्द्र क्रान्तिकारी पार्टी बन्ने सम्भावना अझै रहेको उनको भनाइ छ। त्यसका निम्ति छिट्टै अर्को महाधिवेशन गरिने उनले बताए। ‘विचार र अन्तर्राष्ट्रिय परिस्थितिको संश्लेषण गरेर अर्को महाधिवेशन छिट्टै गर्दै माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा विकास गर्न सकिन्छ,’ उनले भने। कम्युनिष्ट शक्तिको ध्रुवीकरण र एकीकरणको प्रक्रिया चुनावपछि नयाँ रुपमा सुरु हुने विश्वास प्रचण्डले लिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्