राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकको निर्णयानुसार प्रदेश तहको निर्वाचनमा सहभागी नहुने बताएका छन । उनले भिडियो सन्देशमार्फत जानकारी गराएका हुन ।

मंसिर ४ मा हुने निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन्।“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको महत्त्वपूर्ण निर्णया अनुसार यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उमेदवार मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ,” उनले भनेका छन्, “यति बेला हामी देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न भएको अवस्थामा छौँ।”

प्रतिक्रिया दिनुहोस्

Array