आयत कडाइका कारण व्यापारघाटा वृद्धिदर कम, निर्यात ४१.७ प्रतिशतले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं–  आर्थिक वर्ष २०७८÷७९ मा  कुल वस्तु आयात  २४.७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा रु.१९ खर्ब २० अर्ब ४५ करोड बराबरको आयत भएको राष्ट्र बैंकले जनाएको छ ।  अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ । एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ । एम.एस विलेटमा सरकारले लगाएको करको कारण आयात घटेको हो भने धान तथा चामल र दालमा मा भने भारतीय सरकारले निर्यातमा कडाई गरेपछि नेपाल तर्फ आउन कम भएको हो ।
सबै भन्दा बढि कन्चनपुर भन्सार कार्यालय बाहेकका अन्य प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ भने आयात भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु.१७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । सरकारले आयतमा कडाई गरेपछि अघिल्लो वर्षको तुलनामा व्यापार घाटा वृद्धिदर कम भएको हो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२ खर्ब १३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएकोमा अघिल्लो वर्ष यस्तो आयात रु.१ खब ९० अर्ब ५४ करोड बराबरको भएको थियो ।

समीक्षा वर्षमा  आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा रु.२०० अर्ब ३ करोड वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै अघिल्लो वर्षको सोहि अवधिमा यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । निर्यातमा भारतमा समिक्षा अवधिमा ४५.९ प्रतिशत तथा अन्य मुलुकमा ३०.४ प्रतिशतले वृद्धि भएको छ । यता चिन तर्फ भने निर्यात २०.४ प्रतिशतले घटेको छ । नेपाल सरकारले मैद्रिक नीति मार्फत नेपालको स्रोत साधन प्रयोग गरेर उत्पादन गरिएका वस्तुलाई निर्यात गर्नको लागि प्रोत्साहन गरेको छ । पाम तेल, ऊनी गलंैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ । सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array