प्रस्ताव पेस भएको चार वर्षपछि बीमा विधेयक पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको बीमा विधेयक २०७५ करिब ४ वर्षपछि पारित भएको छ। असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेपछि पारित भएको हो । बीमा समिति प्राधिकरण बनेपछि कामहरु राम्रोसँग अघि बढ्ने र बीमा समितिबाट हुन नसकेका कामहरु प्राधिकरणबाट सुधार हुँदै जाने अपेक्षा गर्न सकिने बताइएको छ । छलफलमा सांसद दिव्यमणी राजभण्डारीले नेपालमा बीमाको व्यापार फस्टाउदै गएकाले बीमा गर्नेको संख्या पनि बढेसँगै समितिले धान्न नसक्ने भएर प्राधिकरण आवश्यक परेको उनको भनाई छ ।
विधेयकमा जीवन र निर्जीवन बीमा उल्लेख मात्रै छ । तर, सरकारले निजी कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिएको भन्दै राजभण्डारीले नेपालको कुन संविधान, कुन कानूनको आधारमा पुनर्बीमा कम्पनी निजी क्षेत्रलाई दिएको भन्दै प्रश्न समेत गरेका छन् । लामो समय देखि बीमा कम्पनीहरुले आफ्नै सेयर स्वामित्व रहेको पुर्नबीमा कम्पनीमा पुर्नबीमा गराउर्दै आएका छन् । यस तर्फ अहिलेसम्म ठोस नियम बन्न भने सकेको छैन ।

‘जनरल इन्स्योरेन्स, जीवन बीमामा पनि सेयर हुनेको पुनर्बीमा कम्पनीमा पनि लगानी छ,’ उनले भने, ‘सोही व्यक्ति संलग्न रहेको कम्पनीको दाबी भुक्तानी गर्दा के होलत होला ? जीवन, निर्जीवन बीमा कम्पनीमा लगानी गर्नेले पुनर्बीमा कम्पनीमा पनि लगानी गरेपछि भोलि उनीहरुकै दाबी भुक्तानी गर्दा हालत के होला ?

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: