सेयर बजारमा सामान्य गिरावट, २ वटामा हरियाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – नेप्से परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। बजार आज ५.९१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०५६.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.६८ अंकले घटेर ३९५.७५ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहम रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटा समूहमा रातो पोतिएको छ। यो दिन लगानी समूह ०.६९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.५ प्रतिशतको बढोत्तरी भएको छ। आज व्यापार समूह सर्वाधिक १.४९ प्रतिशतले ओरालो लागेको छ।

वित्त समूह ०.९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, विकास बैंक समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१९ प्रतिशत, अन्य समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६४ प्रतिशतको गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

Array