थ्री गर्जेजसँग सम्झौता तोडिएपछि ठूला २ जलविद्युत् आयोजना भारतीय कम्पनिलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि दुई ठुला जलविद्यत आयोजना भारतीय कम्पनिलाई दिइएको छ । चिनियाँ कम्पनि थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र रहेको उक्त आयोजना भारतीय कम्पनिलाई जिम्मा दिइएको हो । सरकारले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् आयोजना भातरीय कम्पनि एनएचपीसी (NHPC)लाई दिने निर्णय गरेको हो।

प्रधानमन्त्री देउवाको अध्यक्षमा सोमबार बसेको लगानी बोर्डको ५२औँ बैठकले ती दुई जलविद्युत् आयोजनाको विकास अगाडि बढाउन अध्ययनको जिम्मा भारतीय कम्पनिलाई दिएको हो । लगानी बोर्डका एक अधिकारीका अनुसार अस्ट्रेलियाको स्मेक र चीनको थ्री गर्जेजले निर्माण गर्न नमानेपछि उक्त आयोजना भारतीय सरकारी कम्पनिले पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array