अज्ञात समुहद्धरा फोहोर बोक्ने १४ वटा गाडीमा तोडफोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – धादिङ र नुवाकोटको सिमाना नजिकै फोहोर बोकेर गएका १४ वटा गाडीमा अज्ञात समुहले तोडफोड गरेका छन । बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमा सोमबार राति तोडफोड गरिएको हो । पार्किङमा राखिएको दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको छ । पार्किङ गरिएका ती सवारी राति ८ बजेर ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर राखेको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । तोडफोड भएपछि घट्नास्थलमा प्रहरी मध्यरात १२ बजे पुगेको थियो । टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array