काठमाडौँबाट नजिकैको धार्मिक तथा पर्यटकीय महत्व बोकेको चम्पादेवी मन्दिर

धार्मिक, सास्कृतिक र एतिहासिक महत्व बोकेको चम्पादेवि डाँडा दक्षिणकाली नगरपालिकामा पदर्छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०७९, शनिबार
5 Min Read
Aa
Highlights
  • सरकारले तोकेको आधिकारीक पदमार्गको रुट कीर्तिपुर –बोसन– चम्पादेवी डाँडा हुँदै चम्पादेवी मन्दिर पुगिन्छ । चप्पादेवी मन्दिर वरीपरीको स्थानलाई चम्पादेवी डाँडा भनिन्छ ।

राममाया बस्नेत

काठमाडौँ– धार्मिक तथा महत्व बोकेको अत्यन्तै रमणिय स्थल चम्पादेवी मन्दिरमा पुग्दा जो कोहि नी मनमग्न हुन्छन् । प्रकृतिको अनुपम सुन्दरताले श्रृंगारिएको चम्पादेवी डाँडामा रहेको मन्दिरमा पुग्दा वैग्लै अनौठो अलौकिक आनन्द प्राप्ति भएको अनुभुति  हुन्छ । सरकारले तोकेको आधिकारीक पदमार्गको रुट कीर्तिपुर हुँदै बोसन पछि चम्पादेवी डाँडा हुँदै चम्पादेवी मन्दिर पुगिन्छ । चप्पादेवी मन्दिर वरिपरिको स्थानलाई चम्पादेवी डाँडा भनिन्छ । बाघ भैरब कीर्तिपुर देखि चम्पादेबी डाँडासम्म ५ घण्टामा पुगिन्छ । बोसनसम्म भने निजी सवारी साधनमा जान सकिन्छ ।  त्यहाँबाट जङ्गलको पहाड चढेर करिब ३ घण्टामा चम्पादेवी पुगिन्छ । धार्मिक, सास्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवि डाँडा दक्षिणकाली नगरपालिकामा पदर्छ । समुन्द्रि सतहबाट २ हजार २ सय ४९ मिटरको उचाइमा रहेको चम्पादेवि डाँडा दक्षिणकाली नगरपालिका वडा नं १ बोसनमा अवस्थित रहेको छ । यस चम्पादेवि डाँडा बल्खुबाट दश किलिमिटर दक्षिण तर्फ रहेको छ ।


उपत्यकाका चार डाँडाहरु मध्ये चम्पादेवी (ध्यानचो) तेस्रो अग्लो डाँडा पनि भनिन्छ । स्थानीयका अनुसार चम्पादेवी डाँडामा धेरै चम्पा फूल (जस्मीन) फुल्ने भएको कारण मन्दिरको नाम पनि चम्पादेवी रहन गएको हो । ‘यस मन्दिरमा आएर दर्शन गर्नले मन चाहा वरदान प्राप्ता हुने जनविश्वास रहेको छ,’ ।
स्वदेशी तथा विदेशी पर्यटकहरु प्राकृतिको अनुपम सुन्दरतामा हराउने गर्छन् । यहा शनिबार र अन्य विदाको दिनमा धार्मिक पर्यटक तथा पदयात्रीहरु धरै आउने गर्छन् ।
किम्बदन्ति अनुसार मञ्जुश्री स्वयम्भु आउँदा दुई वटी श्रीमती ल्याएका थिए । एउटी मर्ददेवी (केशनी) जसलाई लक्ष्मी भनिन्छ र अर्को उपकेशनी (सरस्वती) भनिन्छ । त्यतिबेला काठमाडौ जलमग्न भएका कारण दुईवटी श्रीमतीलाई अग्ला डाडाँमा राखेर चोभारको डाँडालाई खड्गले काटेर पानी तरकाएको बताइन्छ । फुलचोकीमा जेठी केसनीलाई र चम्पादेवि डाँडामा कान्छी उपकेशनीलाई राखेको भन्ने भनाई स्थानीएमा रहेको छ ।


 चम्पादेवि मन्दिरमा बुद्धको स्तुपा साथै देविको शिर रहेको छ । चम्पादेवि क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार एक सय ३७ दशमलब ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ  । सामुदायिक वन बोसनमा नेपाल सरकारका विभिन्न निकायहरुहरुको करिब ४ करोड लगानीमा २० हेक्टर क्षेत्रफलको जग्गमा पर्यटकीय एवं सम्पदा पार्क निमार्ण भइरहेको वडा अध्यक्ष जय राम थापा मगरले गोरक्षा पोष्टलाई बताए ।  अध्यक्ष मगरका अनुसार हाल दक्षिणकालीको वडा नं.१ अन्तर्गत रहेको बोसन बस्तीलाई पर्यटक भित्रयाउने लक्ष्यका साथ स्थानियलाई पाँच वटा होमस्टे सञ्चालनको लागि प्रत्येकलाई १ लाख वितरण गरेको थापा मगरले जानकारी दिए ।


चप्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार ‘हरेक वर्ष बैशाख १ गते र मंसिर पूर्णिमाका दिन चम्पा क्षेत्रमा ठुलो मेला लाग्ने गर्छ ।’ उनले भने ‘चप्पादेवी डाँडाबाट मौसम सफा भएको दिनमा पदयात्रीहरूले सगरमाथा अन्नपूर्ण, मनास्लु, गणेश र लाङटाङ लगायतका हिमालहरू हेर्न सकिन्छ।’, ‘त्यसैगरी चम्पादेवीबाट बागमती नदी, बगमती, खोकना, फर्पिङलगायत नेपालको ऐतिहासिक स्थलहरू पनि हेर्न सकिन्छ’। दायाँ फुलचोकी डाँडा, बायाँ तर्फ काठमाडौं उपत्यकाको अग्लो डाँडा चन्द्रगिरी देख्न सकिन्छ ।
चप्पादेवी डाँडाबाट करिब आधा घण्टाको पैदलयात्रापछि भष्मेश्वर डाँडा रहेको छ । त्यहाबाट उपत्यका पुरै देखुनुका साथै हिमश्रीङ्खला लगायतका पहाडका मालाहरु चटक्का मिलेका देखिन्छन् । त्यहा पुगेपछि पदयात्राको सबै थकान मेटिएको पत्तो हुँदैन । अझ प्रकृतिको अनुपम सुन्दरतालाई निहार्दै त्यसैमा डुबुल्कि लगाउदै समय बितेको थाहा नै हुँदैन । चप्पादेवी डाँडा भन्दा पनि भष्मेश्वर डाँडा अग्लो रहेको स्थानीहरु बताउँछन् ।


यस क्षेत्रको विकासका लागि भनेर केबलकार परियोजना २०७६ सालमा नगरपालिकाले केवलकार सञ्चालन तथा अनुमति प्राप्त गरेको अध्यक्ष मगरले बताए । कोबिड १९ ले गर्दा निमार्णको काम रोकिएको उनले बताए ।  ५ देखि ६ सय करोड लगानी लाग्ने कम्पनीले अनुमान गरेको छ । कम्पनीले केबुलकार २०७९ को अन्त्यबाट सुरु गरेर २०८१ मा योजना पुरा गर्ने लक्ष्य लिएको छ । कम्पनीले विदेशी लगानीकर्ता भित्र्याउने लक्ष्य राखेको बताइएको छ । यो परियोजनालाई एसियाकै प्रसिद्ध योजना बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
चम्पादेवि डाँडा प्रकृति सुन्दरताले भरिपुर्ण रहेको छ । यस क्षेत्रको दिगो र दिर्घकालिन विकास गर्न सकेको खण्डामा त्यस क्षेत्रको मात्र नभै समग्र देशको अर्थतन्त्र र पर्यट्रयन क्षेत्रलाई ठूलो टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array