पाँचै दलको प्रतिनिधि सहभागी रहने गठबन्धनको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले निर्वाचनमा सिट बाँडफाँडका लागि पाँचै दलको प्रतिनिधि रहने गरी भित्री कार्यदल गठन गर्ने निर्णय गरेको छ। बैठकले भदौ १ गतेसम्ममा सिट बाँडफाँडको टुंगो लगाउने सहमति गरेको हो।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले चुनावमा तालमेल गरेर जाने निर्णय भएको बताए । भदौको पहिलो साता तालमेलको निर्णय सक्ने कुरा भएको छ,” उनले भने, “तालमेका लागि प्रत्येक दलबाट सहभागी हुने गरी समिति बनाउने निर्णय भएको छ ।” खनालका अनुसार उक्त समिति आजै बन्नेछ । समितिमा प्रत्येक दलबाट कम्तिमा दुई सदस्य रहनेछन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलले महानगर र उपमहानगरमा तालमेल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array