ट्रेजरी बिलको ब्याज दर १२ प्रतिशतभन्दा तल आयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ९१ र १८२ दिने ट्रेजरी बिलको ब्याज दर १२ प्रतिशतभन्दा तल आएको छ।  अघिल्लो साता जारी गरिएको ९१ दिने ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशत रहेकोमा सोमबार केहि घटेर  ११.८० प्रतिशत कायम भएको छ। । राष्ट्र बैंकले नविकरण गरेको ट्रेजरी बिल १० अर्ब १० करोड रुपैयाँको रहेको छ ।

१८२ दिनको ट्रेजरी बिलको अधिकतम दर १०.९९ प्रतिशत कायम रहेको थियो । अहिले स्थायी तरलता सुविधा र अन्तर बैंक सापटी दर ८.५ प्रतिशत पुगिसकेको छ।
९१ दिनको ट्रेजरी बिलको औषत ब्याज ११.६९ प्रतिशत छ भने १८२ दिनको १०.९९ प्रतिशत कायम भएको छ। कुल १६ अर्बको लागि दाबी परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: ,