पोखरामा बाढीले सय भन्दा बढी घर डुबानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – कास्कीको पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण सय भन्दा बढी घर डुबानमा परेको पोखरा महानगरले जनाएको छ ।

आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्षले बताएका छन् । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: