इङ्गल्याण्डले पहिलो पटक महिला युरोकपको उपाधि जित्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
इङ्गल्याण्डले वेम्बलीको घरेलु मैदानमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै महिला युरोकप २०२२ को उपाधि इङ्गल्याण्डले जितेको छ । इङ्गल्याण्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको हो । इङ्गल्याण्डलाई जिताउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल गरिन् । ६१ मिनेटसम्मको गोलको खडेरी पुर्दै ६२ औं मिनेटमा टोनीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।
निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलमा केलीले ११० औं मिनेटमा उपाधि हात पारिन ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: ,