जनार्दन शर्मा प्रकरण : अनधिकृत व्यक्ति प्रवेश नगरेको निष्कर्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं -अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको छ। समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नगरेको निष्कर्ष निकालेको छ । समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन्। समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ।

अर्थ मन्त्रालयका अनुसार, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’प्रतिवेदन संसदमा पेश गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण पनि गरिएको थियो।

अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array