काठमाडौं – प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राख्दै संयुक्त खस क्षेत्रीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको हो। प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम राख्न प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई गाह्रो परेको छ। नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका बेला हिजो बुधबार संयुक्त खस क्षेत्री नेपालले मुख्यमन्त्री राईलाई प्रदेशको नाम सगरमाथा हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रदेश १ मिश्रित समाज भएकाले इतिहासमा भेटिने, इतिहास बोल्ने जातिको जनसंख्या कम भएकाले जातिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चित्त नबुझ्ने जारी विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरोधका लागि विरोध धेरै हुने र ठूलो स्वर गर्नेको कुरा सुन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्