सशस्त्र प्रहरी बलद्वारा नयाँ पदपूर्तिका लागि आवेदन माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ आवेदन माग गरको छ । एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

आज (१३) देखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख गरेको छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)का लागि आवेदन आह्वान गरिएको हो । निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: