बहुमतको आधारमा नागरिकता विधेयक पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल नागरिकता विधेयक २०७९ राष्ट्रिय सभाबाट पास भएको छ । सभाले बिहीबार उक्त विधेयकलाई बहुमतको आधारमा पास गरेको हो । राष्ट्रिय सभाका सांसदले राखेको संशोधनका विषयमा गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए ।

गृहमन्त्रीको जवाफलगत्तै सभामुखले संशोधन कर्ताहरुसँग फिर्ता लिन आग्रह गरेका थिए।अधिकांश संशोधनकर्ताहरुको वैवाहिक अंगीकृतहरुका लागि ७ वर्ष समयावधि राख्नुपर्ने माग गरेका थिए। केहीले पिताको थर र ठेगाना खुलाउन नपर्ने विषयमा पनि संशोधन खोजेका थिए। वैवाहिक अंगीकृत नागरिकताको विषयमा सत्ता साझेदार दलभित्रै फरक मत थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक ऐनमा परिणत हुनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता लिने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array