अमेरिकी सहायक विदेश मन्त्री नेपाल आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक मन्त्री लु बिहीबार नेपाल आउने भएका हुन्।

स्रोतका अनुसार उनी बिहीबार र शुक्रबार नेपालमा रहने छन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ ।अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array