एसईई परीक्षाको नतिजा सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई )को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्षको परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । ५१ हजार १ सय ३७ जनाले ३ २ देखि ३ दशमलब ६ जीपीए , ६३ हजार ७ सय ४१ जनाले २ दशमलब ८ देखि ३ दशमलब २ जीपीए र ७६ हजार ५ सय ६४ जनाले २ दशमलब ८ देखि २ दशमलब ४ जीपीए प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: