संगठित अपराधका घट्नाहरुको तथ्याङ्क डरलाग्दो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
3 Min Read
Aa
Highlights
  • एक वा एक भन्दा बढि गम्भिर प्रकृतिका अपराधमा संम्लग्नाता रहेको अपराधिक समुहबाट हुने अपराधलाई संगठित अपराध भनेर बुझिन्छ ।

काठमाडौँ । नेपालमा संगठित अपराधका घट्नाहर डरलाग्दो रहेको छ ।  गत आर्थिक वर्षको २०७८ साउनदेखि २०७९ जेठसम्मको ११ महिनामा ४ हजार ९५७ वटा संगठित अपराधका घटनाहरु दर्ता भएका छन् । एक वर्षको अवधिमा यति धेरै संगठित अपराधका घट्नाहरु घटेका हुन् । यस्ता घट्नाहरु उपत्यकामा मात्र ९ सय ४३ घटेका छन् । जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्नुअघि पनि प्रहरीले धेरै आरोपितलाई सामाजिक अपराध गरेको कसुरमा थुनामा राख्ने भएको र सामान्य घट्नामा पनि म्याद लिएर थुनामा राखेकाले पनि घट्नाको संख्या बढि देखिन पुगेको देखिन्छ ।
तिन वा तिन भन्दा बढि व्यक्तिको संरचनागंत संलग्नतामा आर्थिक वा अन्य कुनै लाभको लागि एक वा एक भन्दा बढि गम्भिर प्रकृतिका अपराधमा संम्लग्नाता रहेको अपराधिक समुहबाट हुने अपराधलाई संगठित अपराध भनेर बुझिन्छ ।

त्यस्तै संगठित रूपमा लागु औषध कारोबारको तथ्याङ्क पनि डरलाग्दो रहेको छ । ११ महिनामा ३ हजार ४ हजार ४४ वटा संगठित रूपमा लागु औषध कारोबार गर्ने समूहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उललेख छ । जुवा तथासट्टेबाजी सम्बन्धी ४०७ वटा मुद्दा प्रहरी युनिटहरूमा दर्ता भएका छन् ।
जुवा तथा सट्टेबाजी सम्बन्धी ४०७ वटा मुद्दा प्रहरी युनिटहरूमा दर्ता भएर कानुनी कारबाही अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संगठित रूपमा मुद्रा सम्बन्धी कसुरका ४९ वटा मुद्दा भने दर्ता भएका छन् । संगठित रूपमा मुद्रा सम्बन्धी कसुरका ४९ वटा मुद्दा दर्ता भएका छन्

संयुक्त राष्ट्रसंघीय महासन्धिका अनुसार संगठित अपराधका प्रकृतिहरु

  • प्रचलित कानुन बमोजिम ३ वर्ष भन्दा बढि कैद सजाय हुने
    भ्रष्टाचार वा सम्पति शुद्धिकरण वा आतंकवादि क्रियाकलापमा वित्तिय लगानी मानिने कसुर
    अपराधिक समुहको स्थापना
    न्यायिक काबाहिमा अवरोध
    विध्वंसात्मक कार्य
    अपराधिक लाभ लिने कार्य
    भष्ट्रचार र राज्य विरुद्धको अपराध,श्वेत अपराध,मानव बेचबिखान
    लागुऔध, मुद्रा निर्मलिकरण, शरिर बन्धक, आतंकवाद
    शरिर बन्धक र अपहरण, साइबर अपराध
    हातहतियार सम्बन्ध अपाराध लगायत संगठित अपराधमा पर्छन

यस्तै महिला तथा बालबालिका सम्बन्धि ३ हजार ९ सय उन्नअसि घट्नाहरु प्रहरीमा पुगेका छन् । कतिपय महिला तथा बालबालिका सम्बन्धि घट्नाहरु प्रहरीकोमा नपुगी घाउँठाउँमै मिलापत्र हुन्छ । त्यसैले महिला तथा बालबालिका सम्बन्धि अपराधिक घट्नाहरु धेरै भए पनि प्रहरीसम्म कम पुग्ने गर्छ ।

एक वर्षको अवघिमा अपहरण तथा शरीर बन्धक सम्बन्धी १११ वटा र हातहतियार तथा खरखजानासँग सम्बन्धित १८६ वटा घटना भएका छन् । सामाजिक अपराध सम्बन्धी घटना देशभर ९ हजार १९ वटा भएका छन् ।

यस्तै एक वर्षको समिक्षा अवधिमा ५ हजार ९ सय ४३ जनाले आत्माहत्या गरेका छन् । कोभिडको बेला डिप्रसन, आर्थिक, सामाजिक र विभिन्न झुट्टा लाञ्छना र प्रेममा धोका लागायत विविध कारणले गर्दा आत्माहत्याको बाटो रोजेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array