सबैको एउटै चिन्ता मौद्रिक नीतिले महङ्गि बढाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

काठमाडैं-शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको बारेमा निजी क्षेत्र, तथा विज्ञहरुको फरक – फरक धारणा सार्वजानीक गरेका छन् । कतिपयले मैद्रिक नीतिलाई यर्थापरिक भएको बताएका छन् भने धेरै जसोले महङ्गि घटाउने भन्दा पनि बढाउने तर्फ उन्मुख भएको प्रतिक्रिया दिएका छन् । यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मूल्यवृद्धि घटाउने भन्दा पनि बढाउने गरि आएको प्रतिक्रिया दिएका छन् । ब्याजदर बृद्धिले देशको सम्पूर्ण अर्थतन्त्रमा प्रभाव पर्ने उनको भनाई छ ।  जसले गर्दा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग नगर्ने अग्रवालको प्रतिक्रिया छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले तत्कालका लागि हेरेर दीर्घकालीन समस्या उत्पन्न हुने गरी मौद्रिक नीति ल्याएकाले यसबाट तरलताको अभाव नहट्ने र लगानी विस्तार समेत नहुने श्रेष्ठको भनाइ छ ।

मौद्रिक नीतिले तरलता संकट बढाउने र ब्याजदर पनि बढाउने बैंकसहरुको प्रतिक्रिया छ । तर, पनि उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने उदेश्य राखेकाले मौद्रिक नीतिलाई नराम्रो भन्न नमिल्ने बैंकरहरुको भनाई छ । उत्पादन बढाउने र स्वदेशी स्रोतसाधनमा निर्भर उद्योग र निर्यातमा सहुलियत कर्जा उपलब्ध गराउने महत्वपुर्ण विषय आएको उनीहरुको भनाई छ ।

कतिपयले फुलबुट्टा भरेर आएको मैद्रिक नीतिले लगानी कर्तालाई लगानी गर्ने वातवरण सिर्जना नगरेको बताउँछन् । अघिल्लो वर्षको मौद्रिक नीतिमा थोरै फुलबुट्टा मात्र भरिएको लगानीकर्ताहरुको भनाई छ ।अहिलेको फुल बुट्टाले महङ्गि बढाउन महत्वपूर्ण भूमिका खेल्लने लगानीकर्ता सङ्घहरुको भनाई छ ।

कतिपय क्षेत्रलाई अहिलेको मौद्रिक नीतिले तत्काल सम्बोधन  नगरे पनि दिर्घकालिनरुपमा सम्बोधन गर्ने गरि आएको विज्ञहरु बताउँछन् । आफ्नो व्यवसायको स्वार्थ अनुकुल प्रतिक्रिया आउने गरेको विज्ञहरुको भनाई छ । मौद्रिक नीति तत्कालिन समस्यालाई समाधान हुने गरि आउनु स्वभाविक भएको उनीहरु बताउँछन्  ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: