आज फेरि अर्थमन्त्री शर्मालाई छानबिन समितिको बोलाहट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमान्डौ -जेठ १४ गते राति मन्त्रालयमा असम्बन्धित व्यक्तिलाई बोलाएको र बजेटमा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविनका लागि गठित संसदीय विशेष समितिले पुनः आफ्ना कुरा राख्न उहाँलाई बोलाएको छ । अहिले सिंहदरबारमा बसेको समितिको बैठकमा आफ्ना धारणा राख्न पूर्वमन्त्री शर्मा जानुभएको छ ।

जेठ १४ गते रातिको सिसिटिभी फुटेज मेटिएपछि शर्माले बजेट बनाउने क्रममा संवैधानिक दायरा नाघेको आरोप लागेको हो ।
समितिको अहिले बोलाइएको बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको छ ।

हिजो साँझको बैठकले शर्मालाई आज बिहानको बैठकमा बोलाउने र सभामुखसमक्ष समितिको म्याद अर्को सात दिन थप्न अनुरोध गर्ने निर्णय गरेको बताइन्छ ।

विपक्षी दल एमालेले विशेष संसदीय समिति गठन,मन्त्रीको राजीनामा र छानबिनको माग गरेपछि शर्माले राजीनामा दिनुभएको थियो ।
यसअघि उक्त समितिलाई १० दिनको कार्यादेश दिइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array